आदरणीय अभिभावकज्यू तथा प्रिय विद्यार्थीहरू,

दोस्रो त्रैमासिक परीक्षा तथा लिखित मूल्याङ्कन नजिकिँदै गएको हुँदा सम्पूर्ण विद्यार्थीहरूले घरमा समेत नियमित रूपमा अध्ययन तथा पुनरावृत्ति गर्न अनुरोध गरिन्छ।

📚 विद्यार्थीहरूले विशेष ध्यान दिनुपर्ने कुराहरू:
• दैनिक विद्यालयमा पढाइएका पाठहरू पुनरावृत्ति गर्ने।
• सम्बन्धित विषयका महत्वपूर्ण प्रश्नहरू अभ्यास गर्ने।
• पाठ्यपुस्तक तथा कापीमा गराइएका अभ्यासहरू राम्रोसँग पढ्ने।
• कमजोर विषय तथा पाठमा थप समय दिने।
• परीक्षा तालिकाअनुसार प्रत्येक विषयको तयारी समयमै पूरा गर्ने।
• परीक्षा अवधिभर मोबाइल तथा अनावश्यक मनोरञ्जनमा समय कम गरी अध्ययनमा ध्यान दिने।
• पर्याप्त निद्रा, स्वस्थ खानपान तथा नियमित दिनचर्या कायम गर्ने।

अभिभावकज्यूहरूलाई अनुरोध:
कृपया घरमा विद्यार्थीहरूको नियमित अध्ययनका लागि उपयुक्त वातावरण मिलाइदिनुहुन तथा उनीहरूको पढाइ र परीक्षा तयारीमा आवश्यक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

विद्यार्थीहरूको सफल परीक्षाको लागि हार्दिक शुभकामना।

JANAKI SECONDARY BOARDING SCHOOL
BRT-11, Biratnagar