जानकी सेकेण्डरी बोर्डिङ्ग स्कुल
जनपथ टोल, विराटनगर–११
सूचना
आदरणीय अभिभावकज्यू,
यसअघि जानकारी गराइएअनुसार दोस्रो त्रैमासिक परीक्षासम्म आइतबारका दिन पनि विद्यालय नियमित रूपमा सञ्चालन हुँदै आएको थियो। अब दोस्रो त्रैमासिक परीक्षा सम्पन्न भइसकेको हुँदा आगामी आइतबार, मिति २०८३/०८/०६ गतेदेखि विद्यालयको साप्ताहिक बिदामा परिवर्तन गरिएको जानकारी गराइन्छ।
अबदेखि विद्यालयको नियमित सञ्चालन तथा विद्यार्थीहरूको पठनपाठनसम्बन्धी जानकारी निम्नबमोजिम रहनेछ।
**महत्त्वपूर्ण जानकारी:**
१. प्रत्येक शुक्रबार विद्यालय पूर्ण समय सञ्चालन हुनेछ।
२. प्रत्येक शनिबार र आइतबार विद्यालय बन्द रहनेछ।
३. सोमबारदेखि शुक्रबारसम्म विद्यार्थीहरूले विद्यालयको साप्ताहिक कक्षा तालिका (Routine) मा उल्लेख भएअनुसार सम्बन्धित दिनका विषयका पुस्तक तथा आवश्यक शैक्षिक सामग्री मात्र लिएर आउनुपर्नेछ।
धन्यवाद!
विद्यालय प्रशासन
विद्यालयको साप्ताहिक बिदा तथा कक्षा सञ्चालनसम्बन्धी महत्त्वपूर्ण सूचना