आदरणीय अभिभावकज्यू तथा प्रिय विद्यार्थीहरू,

नेपालीहरूको महान् चाड दशैं, तिहार तथा छठ पर्वको पावन अवसरमा मिति २०८३/०६/३० गते शुक्रबारदेखि विद्यालय बन्द रहने जानकारी गराइन्छ।

मिति २०८३/०८/०१ गते मंगलबारदेखि विद्यालयका सम्पूर्ण कक्षाहरू नियमित रूपमा सञ्चालन हुनेछन्।

यस पर्वको अवसरमा सम्पूर्ण अभिभावकज्यू, विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूमा सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

सबैजनाले सुरक्षित र हर्षोल्लासपूर्ण रूपमा चाडपर्व मनाउनुहुन अनुरोध छ।

धन्यवाद।